Categories: कविता

“भूकम्प”

 

राहुल खड्का
कक्षा :९
बाल विकास बोर्डिङ हाई स्कुल बूढानीलकण्ठ ,काठमाडौँ

निष्ठुरी बनी कालले
आधा रातमा जाल हाल्यो
हेर्दाहेर्दै अन्धकारमा
गर्ल्यामगुर्लुम घर ढाल्यो
न पख भन्दा पर्खियो ,
न सुन्यो बिन्तीभाउ
झुक्याएर लिएरै जाने
कसेर स्वार्थी दाउ ।


बिहानी नयाँ हेरुँला
भन्दै सुतेका थिए बरा
भूकम्पको धक्कासँगै
भइहाल्यो काल खडा
के भयो भनी सोच्न नै
नपाई पुरिए घरमा
कतिले फेरे अन्तिम सास
कति थिए डरमा।
रोदनक्रन्दन फैलियो
सर्वत्र बोकेर बाँच्ने आश
एकैछिनमा लागि नै हाल्यो
लासको थुप्रो राश
कोही भए घाइते गम्भीर
कोही फसे घरभित्र
कोरी पो हाल्यो नियतिले
भयावह त्यो चित्र ।
कसैका काख रित्तेर गए
कोही बने टुहुरा
कसैका सिन्दुर पुछिएर
गयो निर्दोष बबुरा
परदेशका आफन्त
आँत्तिए सुनेर खबर
भक्कानो पार्दै मुटुमा ,
आँसु झारेर बरर।
दुर्गम थियो भूगोल पनि
समय रातको राखेन अर्थ
कालले कुनै पुकार बातको
उद्धार गर्न कठिन भयो
फैलियो चीत्कार
अविवेकी विधाताले पनि
गरेनन् विचार
जे हुनु थियो भएरै छाड्यो।
लागेन केही सीप
निभेर गए अँधेरी रातमा
राष्ट्रका ती दीप
आत्माले पाओस् शान्ति
तिनको गर्दछु कामना
बिपत्तिको घडीमा मिली
गरौँ है सामना।

(जाजरकोटको भूकम्पमा आधारित कविता)

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

9 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

10 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago