Categories: बाल कथा

अनुभुती

रीता महर्जन

अति मिठो सपना देखिरहेको समय, कानमा अचानक घटक्क आवाज आयो र छोरीले अंगालो मारी। “नानू” मैले बोलाएँ। सायद छोरीले पनि मिठो सपना नै देखिरहेको हुनुपर्छ। आँखा खोलेन मात्र बोली “कस्तो भुँईचालो” आँखा उनको बन्द नै थियो। मलाई किन हो पत्यार नै लागेन। भुँईचालो गएको भए मेरो आँखा खोल्दा पनि मलाई किन चक्कर लागेन? छोरी निन्द्रामै थिई मैले भने “भुँईचालो गएको होइन होला नानु” तिनी त मस्त निन्द्रामै थिई। मलाई चक्कर लागेको छैन मतलब भुँईचालो गएको होइन मैले ठानें तर पनि जाँच्न मन लाग्यो। सानो कम्प मात्र आउँदा पनि मेरो कोठामा रहेको झुमर मज्जाले हल्लिन्छ। म बेडबाट उठें र त्यही झुमर मुनि उठेर झुमर हेरेँ तर झुमर फिट्टिक्कै हल्लिएको देखिन। फेरि सोचें अलिकति मात्र पनि भुँईचालो आएको हो भने त यो झुमर हल्लिन्छ नै। आ…… छोरीले के सपना देखि रहेकी होली, बेक्कारमा मेरो मिठो सपनामात्र टुट्यो भुन्भुनाउँदै फेरि बेडतिर लागेँ। कति बज्यो घडी हेर्न खोजेँ। घडीको पेन्डुलम टकटक आवाज र घडीको सूइको छ्याक छ्याक आवाज, बल्ल आँखा चिमचिम पार्दै भित्तामा झुन्ड्याइएको ठुलो घडी हेरेँ लगभग १ बजिसकेको रहेछ। बेडमा आएँ “ए नानू भुँइचालो त गएकै होइन रहेछ, बेकारमा मेरो सपना मात्र…..” भन्न नपाउँदै “अनि के भो त” छोरीले निन्द्रामै भनी। मनमा भुँईचालो गएको होइन भन्ने भान भो र निन्द्रादेवीले छोपिहालिन् ।
बिहान उठ्दा थाहा भो भुँइचालो त गएकै रहेछ त नी…. “यम्मासा” मेरो मुखबाट शब्द निस्कियो । राती कोठा अँध्यारो थियो सायद त्यही कारण झुमर हल्लिएको देखिन होला सोचें। बिहान छोरीले बल्लबल्ल आँखा खोली र भनी “मामु राती भुँईचालो गएको चाल पाउनुभो” हं….. म मन्द मुस्कानले हाँसिदिएँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

10 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

10 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago