Categories: कविता

“हजुरबाको चश्मा”

दुर्गा घिमिरे

गुच्चा देख्नेआलु जत्रो हजुरबाको चश्मा
भनी देउ साथीहरू के के रहेछ यसमा?

दराज देखे धेरैअग्लो घरकतिठुलो
नहर जत्रो देखियो त हाम्रो सानो कुलो।

भोक लागी अम्बा मग्दा देखे मैले फर्सी
चश्मालगाइ हिड्को त जे देखे नी तर्सी।

सानो पाठा ठुलो भयो पढने टेबुल खाट
हजुरबाको चश्माले बढायो है मेरोआट।

नलगाउ नलगाउ हजुरबाको चश्मा
हानि गर्ने चिज हुन्छ टाढा हेर्दा यस्मा।

साग सब्जी खाएर जोगाउनु छ ज्योति
ज्ञानी बन बाबू तिमी धर्तीको मोती।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

9 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

9 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago