प्रहलाद दवाडी
लिङ्गमो सिक्किम
हे मेरा प्यारा भाइ हो…
हे मेरा प्यारा बहिनी हो…
गर्छौं स्वागत समाजमा,
दिन्छौँ ज्ञान तिमीलाई ।
हे मेरा प्यारा भाइ हो…
यो सुन्दर सृष्टि तिम्रै हो।
यो भारत वर्ष तिम्रै हो।
विज्ञान ज्ञानको ज्योतिलाई
विश्वमा नै फैलाउ।
हे मेरा प्यारा भाइ हो…
समाई हात आऊ है।
उन्नति गर्दै जाऊ है।
यो देशको शान तिमी नै
विश्व गुरू बनाऊ।
हे मेरा प्यारा भाइ हो…
पाठ राम्रो पढेर,
देशको निम्ति लडेर।
सक्षम नेता तिमी नै
देशको एकता बचाऊ।
हे मेरा प्यारा भाइ हो…
राष्ट्रले नै बोक्दछ
राष्ट्रले नै भोग्दछ।
विर सपुत बनि तिमी
देशलाई अघि बढाऊ।
हे मेरा प्यारा भाइ हो…
अवसरलाई खोज्नुपर्छ,
भविष्यलाई सोच्नुपर्छ ।
इतिहास र वर्तमान
यो सुवर्णमय बनाऊ।
हे मेरा प्यारा भाइ हो…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…