सुमन कडरिया
चितवन
“बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे ?”-
नागपञ्चमीको बिहान ,घरको ढोकामा नागको चित्र टाँस्दै गरेको मानिसलाई हेर्दै एउटा सानो नागले बुबालाई सोध्यो ।
मुस्कुराउँदै बुबा नागले भन्यो – “भगवान् मान्छन् कि आफ्नो डरलाई शान्त पार्न पूजा गर्छन्, त्यो त मानिसहरू नै जानून् ,बाबु ! तर यिनीहरू हामीलाई भन्दा पनि आफ्नै भयलाई पूजा गरिरहेका छन्।”
सानो नागले जिज्ञासा पोख्यो – “अघिपछि हामीलाई देख्नासाथ डरले भाग्ने मानिसहरू आज चाहिँ दूध चढाउँछन् । हाम्रो खतरनाक विषदेखि नै यिनीहरू साँच्चिकै भयभित भएका हुन् त ?”
बुबा नागले टाढा मानिसहरूको भीडतिर हेर्दै भने – “ती मानिसको विष त हाम्रो भन्दा झन् खतरनाक हुन्छ ।”
सानो नाग अचम्ममा पर्यो र प्रश्न गर्यो – “मानिस त विवेकशील प्राणी, कसरी विषालु हुन्छ र ?”
बुबा नागले अर्थ्याए-” यिनीहरूमा भएको क्रोध, ईर्ष्या, लोभ, अहङ्कार र प्रतिशोधको विष त झन् कडा हुन्छ जसले घर, परिवार , सम्बन्ध मात्र होइन ,सिङ्गो समाजलाई नै डस्छ बाबु !”
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…