Categories: बाल कथा

वनको रक्षक

निश्चल फुयाँल
कक्षा- ७
ढेकियाजुली, असम

एक समयको कुरा हो। विकाश नामको एउटा केटा थियो। ऊ एउटा गाउँमा बस्ने गर्दथ्यो। जहाँ कुनै स्कूल थिएन। जसलै गर्दा त्यो गाँउका मान्छेहरू अशिक्षित थिए। विकाशलाई हरियालीमा समय बिताउन मन पर्थ्यो। तर गाँउलेहरूले प्लास्टिकका झोला र अन्य नष्ट नहुने सामग्री वनमा फ्याँक्थे। धेरै रुख काटेर शहरमा बेचेर जीविका निर्वाह गर्थे अनि वन्यजन्तुहरूलाई खानाको लागि शिकार गर्थे। केही महिनापछि, वन्यजन्तुहरू हराउन थाले। विकाश अशिक्षित थियो तर उसले थाहा पाएको थियो कि वन्यजन्तुहरू संकटमा परेको कारण के हो। त्यै भएर ऊ वन सफा गर्न र रुख रोप्नको लागि वनमा गयो, तर उसले त्यहाँ एकलै केहि गर्न सकेन। त्यसपछि उसले गाउँलेहरूलाई यसबारे बताउने निर्णय गर्यो, तर गाउँवालाहरूले उसको मजाक उड़ाए र रुख काट्न कार्य जारी राखे। एक दिन एउटा बाघले गाँउमा हमला गर्यो। बाघको आक्रमणबाट तीन जना गाउँवासीहरु घाईते भए। अब वनमा खानको लागि अन्य जंगली जनावरहरू थोरै भएका कारण बाघ खानाको खोजीमा गाँउ आउन थाल्यो। विकाशले यसबारे गाउँलेहरूलाई बतायो। यसपटक गाउँलेहरू डराए र विकाशको कुरालाई विश्वास गरेर रुख रोप्न सुरु गरे। शिकार गर्न रोके र वन्यजन्तुहरूको मांसको सट्टा हरियो सागसब्जी र फल खान थाले। दूई-चार वर्षपछि गाउँ फेरि सामान्य अवस्थामा फर्कियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

4 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

4 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago