
राजन कार्की पाजु
धरान
जंगलमा भेडाको ठूलो जमात थियो। उनीहरु संधैँ हाँच मिलेर चरण भर्थे।
हिंस्रक जन्तुहरू उनीहरुको शिकार गर्न भरमग्दुर प्रयास गर्थेँ । उनीहरुको जमातमा आक्रमण गर्न सजिलो थिएन।किनकि बलवान् भेडाहरु पनि थिए , त्यस हुलमा।
धेरै दिन यता एउटा ब्वाँसो उनीहरु नजिक हुन खोजी रहन्थ्यो। तर जवान भेडा हरुले लखेट्थे।
एक दिन ब्वाँसोले जुक्ति लडायो। सबै भेडाहरुलाई जम्मा गरायो र भन्यो, ” हेर भेडा हो, म अरु ब्वाँसो जस्तो मांसाहारी ब्वाँसो हैन ,म पनि तिमीहरु जस्तै साकाहारी जनावर हुँ, म तिमीहरु सँगै रहन चाहन्छु। फेरी यो जंगलमा धेरै हिंस्रक जनावर छन; जसबाट तिमीहरूलाई धेरै खतरा पनि छ, म तिमीहरुको सुरक्षा गर्न चाहन्छु !”
सबै भेडाहरु कानेखुसी गर्न थाले , ” यो ब्वाँसो धेरैदिन देखि हाम्रै नजिक वरिपरि चरिरहेको छ। यो पक्कै साकाहारी नै हुनपर्छ!” एउटा भेडोले राय पेस गर्यो।
यसमा सबैले सहमति जनाए; किनकि उनीहरूलाई सुरक्षाको पनि आवश्यकता थियो।
त्यसदिन पछि ब्वाँसो भेडा सँगै भिडमा मिसिएर चरेझै गर्न थाल्यो। सबै भेडाहरु ढुक्क थिए।
सो जमातवाट एक एक गरी भेडा घट्न थाले। यस कुराको भेडाहरुलाई पत्तै भएन।





