लभकुमार भुजेल
असार पन्ध्र आयो फेरि, हरियो खेत हाँस्दै,
माटोको काखमा प्रेमले, बीउ रोप्दै–गाउँदै।
दाँते, कोदालो, हलगोरू, खेतमा गीत गुञ्जन्छ,
हिलाम्मे माटोको सुगन्धले मनै शितल हुन्छ।
माईतको झल्को ल्याउने, असारे गीतहरू,
प्रेम, विछोड, संघर्ष भर्ने, जीवनका कथा पुराना।
नौमति बाजा बज्छ खेतमा, बेँठी रोपाई रमाईलो,
साँस्कृतिक गौरव बगाउँछ, पानीजस्तै जीवनमा।
दहीचिउरा हातमा लिएर, साथीभाइ एकै पंक्तिमा,
खाउँ प्रेमको स्वाद, मेटौं मनको दूरी सबैमा।
शरीरमा शीतलता, आत्मामा मेलमिलाप,
सामूहिक सद्भावले बलियो, हाम्रो सामाजिक आलाप।
शहरका यादमा हराए पनि, गाउँको माटो बोलाउँछ,
असार पन्धको उत्सवले, विरासत जोगाउँछ।
शहरका मानिस फर्कन्छन्, माटो चुम्न झर्छन्,
सन्तानलाई सिकाउँछन्, परम्परा साँचिन्छ।
कृषकको पसिना, पृथ्वीको पूजा,
माटोको काखमा अन्नको सुरुआत।
असार पन्ध त चाड मात्र हैन, अस्तित्वको गीत हो,
हाम्रो साझा सम्पदा, संस्कृतिको मीत हो।
जोगाऔँ यो परम्परा, स्नेह, श्रद्धा, सम्मान,
कृषकको श्रमलाई दिऔँ, सच्चा आदरको स्थान।
प्रविधि बदल्ला, तर माटोको माया नटुटोस्,
असार पन्धको गाथा कहिल्यै नझुटोस्।
संस्कृति बचाऔँ हामी सबै, अस्तित्व जोगिरहोस्,
असार पन्ध हाम्रो चिनारी, सधैं–सधैं बाँचेकोहोस्।
माटो र मानिसको सम्बन्ध, अटुट रहिरहोस्,
नेपाली हृदयमा असार पन्ध अमर बनिरहोस्।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…
View Comments
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.