Categories: कविता

“गरिबको जाडो”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

कमिजमाथि स्विटर र ज्याकेट लाएर
मुखियाको छोरा हिँड्छ गीत गाएर।

जड्यौरीले छोपेको दुब्लो जिउ छ
आफूलाई त जैले नि स्यूको सिउ छ
हाम्रो शिरले ऊनीको टोपी देख्दैन
पातलो यो गन्जीले जाडो छेक्दैन।

जुत्तामोजा लाए पो गोडा फुट्थेन
अनि बल्ल जाडामा रिस उठ्थेन
मुखियाका घरमा बाले वर्ष बिताए
आफू हारे कामले उनलाई जिताए।

न त मीठो खाएका राम्रो लाएका
उनकै खेत गरेर दुःख पाएका
सकिन्जेल गरिबको हड्डी घोटाए
हाम्रा बाका दु:खले साहु मोटाए।

दिनरात घोटिँदा नि कमाइ भएन
काम छोडेको भोलिपल्ट क्यै नि रहेन
दयालु भै टोपलिए थाङ्ना दिएर
उध्रिएका कपडा लाउँला सिएर।

नयाँ लुगा दिन उनलाई कत्रो सकस
मुखियाका दौरा सुर्बाल् बालाई बकस
सधैँभरि जड्यौरी थोत्रा लाउँछन्, बा
हाम्रा अब सुखका दिन कैले आउँछन् बा ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

17 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

18 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago