Categories: बाल कथा

अप्ठारो बाटो

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

आमा यो त अलि धेरै अलाग्दो भएन र हजुर त पढेलेखेको शिक्षिका पनि हुनुहुन्छ । यस्तो व्यवहारको प्रदर्शन गर्दा अरूले के भन्लान् ?”-शिवप्रसादले आमालाई सम्झाउँन खोज्यो।
“बाबु आफ्नो बाउ बाजेले गर्दै आएको परमपरा हो, त्यो राम्रो भएपनि नराम्रो भएपनि अगाल्नै पर्छ।”- सारिकाले आफ्नो छोरा शिव प्रसादलाई भनिन्।
“अहिलेको एक्काईसौँ शताब्दीमा पनि यस्ता कुरिती र परमपराका कुरा मलाई त मन पर्दैन्।”- शिवप्रसादले भन्यो।
“अहिले जुनबाटो मैले अगालेकी छु त्यो समय सान्दर्भिक छ । यो हाम्रो लागि मूलबाटो हो। समाजले जेगर्छ त्यो बाटामा हामी सजिलै हिँड्न सक्छौँ।”-सारिकाले परमपरागत रूपमा हिंड्न छोरालाई इसारा गरिन्।
शिवप्रसाद क्यानडामा डाक्टरी पढेर स्वदेव आएको केही दिन मात्र भएको थियो। सारिका भने शिक्षण संस्थाबाट अवकास प्राप्त गरेकी थिइन। छोरा आए देखिनै आमा छोरा बिच यस्तै विषयलाई लिएर बादविवाद चलिरहन्थ्यो।
“आमा हामी परमपरा अनुसार हिंडेकोभए सतिप्रथाको अन्त्य हुनेथिएन्। अनि तानाशाही व्यवस्थाको अन्त्य पनि हुनेथिएन।
हामीले समय समयमा बिद्रोह गरेर नै अहिले यहाँसम्म आएकाछौँ। त्यसलाई हजुरले कसरी बुझ्नुभएको छ ?”-शिवप्रसादले सारिकासँग प्रश्न राख्यो।
” त्यो त राम्रो कुरा हो छोरा तर.. ! “-सारिका बोल्दा बोल्दै रोकिइन्।
” तर ? के आमा!”-
” शिवप्रसादले सटिकमा सोध्यो।
” त्यो आन्दोलनले रोकेको थियो। अहिले हामी एक्लै छौँ। कुनैपनि नयाँ बाटो बनाउँदा ठुलो संघर्ष गर्नुपर्छ। सजिलो हुँदैन चुपचाप भनेको मान मलाई थाहा छैन र त्यो बालिघरेकी छोरी भन्ने ? “-सारिकाले शिवप्रसादलाई हकार्दै भनिन्।” त्यही त अन्तरजातिय बिवाह गर्न खोजेको हो नि आमा । समाज परिवर्तन गर्न त कसै न कसैले अफ्ठ्यारो बाटो रोज्नैपर्छ होइन र ?”-शिवप्रसादले आमातिर हेर्दै मुसुक्क हाँस्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

11 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

12 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago