तुलसी पण्डित
हजुरआमा लठ्ठी टेकी कता जानु भो
थकाइ लाग्यो खोजी रहे कता पुग्नु भो
भित्र बाहिर गर्दा पनि भेट्न सकिन
सारा गाउँ खोजे मैले कतै देखिन।
आमा न्यास्रो लाग्यो हजुर आमा खै
धेरै बेर खोजी गर्दा कतै पाउन्न है
मेरो छेउ आउ नानी हजुर आमा हेर्न
छिटै गई ल्याउ बरु जान्छु आलु तार्न।
मैले हेरे खेत बारी अनि करेसामा
उहाँलाई देखे अझ टाढा बारी छेउमा
दौडिएर पुगेछु म करेसाको डिल
समाएर भन्न थाले किन डुल्ने हिँड।
हेर नानी सकेको काम गर्नुपर्छ ऐले
कति काम गर्छौ अझ झन पैले पैले
पकाउने लुगा धुने सफाइको काम
दिन जान्छ काम गर्दा आउदैन दाम।
मलाई माया गर्नुहुन्छ मेरी हजुरआमा
लौन कथा भनि दिनु लगाउछु जामा
नानी अैले कथा होइन धेरै पढ्नु पर्छ
राम्रो कथा भन्नलाई अझ सोच्नु पर्छ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…