फिराक गोर्खाली
गुवाहाटी असम

“होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?”
“बहिनी, समय नै मिलेन, अफिसको कामले गर्दा बाहिर जानुपर्यो।”
किन हो, दाइको उत्तरले बहिनीलाई सन्तुष्टि लागेन।
बहिनीले पत्रिका दिँदै भनिन्, “दाइ, तपाईँको लागि एक प्रति लिएर आएकी छु।”
“धन्यवाद बहिनी, वाह ! यसपालिको पत्रिका त नारी विशेषाङ्क, बहुत बढिया !”
बहिनीले अचम्भित हुँदै भनिन्, “होइन दाइ, कस्तो नजानेको जस्तो कुरा गर्नुभयो।”
दाइले कुरा नै बुझेनन्, “होइन बहिनी, मैले के कुरा गरेँ र ?”
“यसपालि नारी विशेषाङ्क निकाल्दैछौँ भनेर तपाईँसँग लेख पनि मागेकी थिएँ।”
“मैले त पूरै बिर्सिएछु । माफी पाऊँ बहिनी।”
“दाइ, तपाईँ जस्तो नारीवादी मान्छेले लेख नदिएको देखेर म अचम्म भएकी छु।”
दाइले हाँस्दै भने, “बहिनी, म बिहेअगाडि नारीवादी थिएँ।”
कुरा सुनेर बहिनीलाई झन्नक रिस उठ्यो, “ओहो ! भाउजूलाई दबाएर खानु छ नि! अरूलाई ज्ञान दिने, त्यही ज्ञान आफूमा लागू नगर्ने। सबै लोग्ने मान्छे एकै हुन्छन्, थुक्क।”
“हे बहिनी, त्यस्तो कुरा होइन हो, किन रिसाएकी यति ?”
“के त्यस्तो कुरा होइन भने बिहेपछि कसरी धारणा बदलियो त ?”
दाइ यसपालि हाँसो रोक्दै गम्भीर हुने अभिनय गर्दै भने, “बहिनी, बिहेअगाडि मलाई लाग्थ्यो, नारी अबला हुन्छन् भनेर…।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

11 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

11 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

11 hours ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago

चाडबाडको पाहुना

रञ्जुश्री पराजुली नाम त उसको मनोज हो तर घरमा सबै मायाले "लुरे " भनेर बोलाउँछन्…

3 days ago