Categories: बाल कथा

“आगो”


उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दूधे
झापा

“ल, छिट्टै गाई बाँधिसक्नु त साइँला भाइ! जौँ छठ पूजा हेर्न।” आफ्नै आँगनको डिलबाट छिमेकी साइँलालाई हर्कप्रसादले सम्बोधन गरे।
“दाइ पनि के भन्नुहुन्छ ? साँझ पर्न लाग्यो अब कसले पूजा गरिदिन्छ हामीलाई देखाउन।” कटेरा बाहिर निस्किदै साइँलाले सहजै भन्यो।
“तपाईँ अनभिज्ञ हुनुहुँदो रहेछ। बेलुका अस्ताउँदो सूर्यलाई नदीमा गएर अर्घ दिइन्छ नि छठ पूजामा।” हर्कप्रसादले बुझाए।
“हो र? मलाई त यसबारे केही पनि थाहा छैन।” साइँलाले अनभिज्ञता प्रकट गर्यो।
“हो नि पूजापाठ, भजनकिर्तन् गरिन्छ। खोला किनारको शीतल वातावरणमा निकै रमाइलो पो हुन्छ त।” हर्कप्रसादले प्रष्ट्याए।
“तब पो दाइ भन्नुहुँदो रहेछ।”
साइँलाले भनिसक्न नपाउँदै हर्कप्रसादले थपे -” सबैले बलेको आगो मात्र ताप्छन् भनिन्छ तर छट एउटा मात्रै त्यस्तो पर्व हो जसमा निभ्न लागेको आगोलाई पनि महत्व दिइन्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

5 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

6 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago