उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दूधे
झापा
“ल, छिट्टै गाई बाँधिसक्नु त साइँला भाइ! जौँ छठ पूजा हेर्न।” आफ्नै आँगनको डिलबाट छिमेकी साइँलालाई हर्कप्रसादले सम्बोधन गरे।
“दाइ पनि के भन्नुहुन्छ ? साँझ पर्न लाग्यो अब कसले पूजा गरिदिन्छ हामीलाई देखाउन।” कटेरा बाहिर निस्किदै साइँलाले सहजै भन्यो।
“तपाईँ अनभिज्ञ हुनुहुँदो रहेछ। बेलुका अस्ताउँदो सूर्यलाई नदीमा गएर अर्घ दिइन्छ नि छठ पूजामा।” हर्कप्रसादले बुझाए।
“हो र? मलाई त यसबारे केही पनि थाहा छैन।” साइँलाले अनभिज्ञता प्रकट गर्यो।
“हो नि पूजापाठ, भजनकिर्तन् गरिन्छ। खोला किनारको शीतल वातावरणमा निकै रमाइलो पो हुन्छ त।” हर्कप्रसादले प्रष्ट्याए।
“तब पो दाइ भन्नुहुँदो रहेछ।”
साइँलाले भनिसक्न नपाउँदै हर्कप्रसादले थपे -” सबैले बलेको आगो मात्र ताप्छन् भनिन्छ तर छट एउटा मात्रै त्यस्तो पर्व हो जसमा निभ्न लागेको आगोलाई पनि महत्व दिइन्छ।”
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…