पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा
घर जले सहर जले, अब के के हुन्छ?
छाती ताक्ने गाेलीलाई, भन कसले थुन्छ?
किताब जले कपी वले, झाेला पनि जल्याे,
भनिदिनुस् बाबाआमा, किन यस्ताे भयाे।
सडकका रगत टाटा, अब कसले धुन्छ?
हामी साना केटाकेटी कुरा कसले सुन्छ?
घर जले सहर जले, अब के के हुन्छ?
छाती ताक्ने गाेलीलाई, भन कसले थुन्छ?
घर स्कुल सिकाउँछन् , नैतिकताका कथा,
डरै डर बाँच्नुपर्ने, मनभरिका व्यथा।
दृश्य देख्दा काहालिन्छु, मन कति रून्छ,
मान्छे मार्ने बिनास गर्ने, जाल कसले बुन्छ?
घर जले सहर जले, अब के के हुन्छ?
छाती ताक्ने गाेलीलाई, भन कसले थुन्छ?
विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…
कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.bh/register?ref=MBLCVVZG