अभिभावक बिना जीवन नर्क जस्तै छ

सुशिला नेपाल

अकालमा मृत्यू हुन्छ अभिभावकविना म
रहस्य लुप्त हुन्छ , अभिभावकविना म।
न आफन्तले हेर्छन न आमाबाबा साथमा
कस्तो दिनमा जन्मिएछु सतिले सरापेको देशमा।

लाचार र विवश म जन्मिन नपाउँदै मर्छु पेटमा
जन्मेपछि हेलीत भइ अरुको लागी बाँच्न बाध्य म।
खोइ कहाँ छ सुरक्षा अभिभावक विना तडपिए म
आमाले छोडिन बाबाको सुरक्षा नपाएकी टुहूरी म।

अपार छ नी समाजको सोचाइमा चल्नु पर्ने
आफुले पीडा लुकाइ -लुकाइ जीवन जिउनु पर्ने।
कस्तो पापी समाज बाबाआमा बिहिन भइ बाँच्नु पर्ने
हुँदाहुँदै पनि समाजको लागी छुटिएर बच्चा राख्नु पर्ने ।

बाबाविना आमाविना त्यो बाल्यकाल नर्क जस्तै छ
बाबाको मू्त्यूपछि आमाको काख बाध्यता यस्तै छ ।
अभिभावकको डिभोर्स पछि बाल्यकाल नर्क जस्तै छ
सानो सन्सार मलाई आखाँ लगाउने नजरहरु यस्तै छ ।

धारामा कोरियोस न बालवालिका आमाबाबा सँगै हुनुपर्छ
सम्वन्ध जस्तो होस् अभिभावकको तर बच्चा सँगै हुनुपर्छ ।
बालवालिकालाई माया संरक्षण त अभिभावकबाटै मिल्नुपर्छ
उनीहरुको हकअधिकारलाई अभिभावकले जिम्मा लिनुपर्छ ।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

17 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

17 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

17 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago