Categories: विविध

म सोचिरहेछु खोइ देश किन बनेन ?

टङ्क गौतम
• स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, ‘एउटा निवेदन लेख्नुहोस् । एकैछिनमा काम भैहाल्छ ।’ उसले भन्यो, ‘मलाई त आउँदैन ।’ मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ ।जाँदाजाँदै उसले भन्यो, ‘यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु ।’
• हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो । प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो ।जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो ? यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो ?
• जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ । आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन ।बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, ‘तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ ?’
• बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ । घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ । बालाई भनेँ, ‘बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ ।’ बा ले भने, ‘सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन ।’
• क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, ‘देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु ।’ भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, ‘पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ । ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे । दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त ? उसले भन्यो, ‘ह्या त्यस्तो काम पनि कोही गर्छ ?’
म सोचिरहेछु खोइ देश किन बनेन ?
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

14 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

15 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago