Categories: कविता

छहरामा एकैछिन


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

छहरमा एकैछिन घाेरिएर हेरेँ
छहराका कुरा केही मनभित्र केरेँ।

छाँगा अनि छहराले मन खिची हाल्याे
त्यसाे हुँदा याैटा फाेटाे खिच्ने मन लाग्याे।

छहराले पहरामा आई नाता गाँस्दा
नाँच्छ मन पाखा अनि पहरामा बस्दा ।

हेरिरहूँ जस्तो लाग्छ खहरेकाे भेल
रमाइलो लाग्छ मिठाे धरतीकाे खेल ।

सुसाउँदै हिडेका छन् वनपाखा खाेला
हतारमा देख्छु सधैँ कहाँ पुग्ने हाेला ?

पहाडकाे बाटाे गरी तराईमा डुल्छाै
चट्टानमा चुटिए नि पीर बेथा भुल्छाै ।

हराभरा पारिदिन्छाै डुली हिड्छाै जहाँ
अनाजले परिपूर्ण पारिदिन्छाै तहाँ ।

मन चाेर्याे छहराले हेरी मात्र रहेँ
अक्षरमा पहराकाे गाीत काेर्दाे भएँ ।

मेटिएन तिर्खा केही जति हेरे पनि
ठाने आफैँ भाग्यमानी प्रकृतिमा धनी ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

8 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

8 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago