विष्णु भण्डारी आचार्य
बेलबारी, मोरङ”

“प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग भुलिन्छस् त!”
प्रज्वलका बाबुआमालाई छोराको पढाइप्रति चिन्ता बढ्न थालेको थियो।
रामे घरमा आएदेखि प्रज्वल पढाइ छाडेर उसैसँग रमाउन थालेको उनीहरूको बुझाइ थियो।
रामे उनीहरूको घरमा भाँडा माझ्ने, भुइँ पुछ्ने र सानातिना काम गर्थ्यो। प्रज्वल भने ऊ भाँडा माझिरहेको ठाउँमा पानी हाल्न पुग्थ्यो, कहिले भुइँ पुछ्न सघाउँथ्यो।
“यो रामे छउन्जेल प्रज्वलले पढ्दैन,” बाबुआमा आपसमा कुरा गर्थे।
जति सम्झाए पनि बाबुआमाका आँखा छलेर प्रज्वल रामेलाई सघाउन पुगिहाल्थ्यो। आफूले पढिसकेका किताब–कापी रामेलाई दिँदै ऊ पढ्न सिकाउँथ्यो। प्रज्वलबाट सिकेरै रामेले धेरै कुरा जानिसकेको थियो।
एक दिन प्रज्वलका बाबुले रामेलाई देखेर भने, “ए रामे! त्यो प्रज्वललाई नअल्मल्या, खुरुखुरु पढ्न दे।”
रामेले घोसेमुन्टो लगायो र फेरि भाँडा माझ्न थाल्यो।
विद्यालयमा बाल दिवसको कार्यक्रम आउन लागेको थियो।
बाबुले प्रज्वललाई सोध्नुभयो, “ भदौ २९ गते बाल दिवस हो। तँलाई थाहा छ कि छैन ? बाल दिवसको कार्यक्रममा प्रस्तुत गर्न के तयार गरेको छस् ?”
प्रज्वलले केही जवाफ दिएन। अँध्यारो अनुहार लगाउँदै बुबाबाट उम्किन खोज्यो।
“फेरि तँ भाग्न खोज्दैछस्? यत्रो उमेर भइसक्यो, पढाइतिर पटक्कै ध्यान छैन। के गरी खान्छस् तँ ?”
बुबाले दिक्दारिँदै गाली गर्नुभयो।
रामेले मायालु नजरले प्रज्वललाई हेरिरह्यो।
बुबाको गाली सुनेपछि प्रज्वल भुतभुताउँदै झोला बोकेर स्कुलतिर लाग्यो।
“मेरो मात्रै चिन्ता लिनुहुन्छ। रामे पनि त मेरै उमेरको छ। उसले चाहिँ कसरी गरी खान्छ त ?”
स्कुल जाँदै गर्दा उसको नजर रामेले भाँडा माझिरहेको ठाउँतिर पुग्यो। प्रज्वल केही बेर टक्क अडियो।
उसको मनमा एउटै कुरा खेलिरह्यो—‘रामेलाई पढ्ने अवसर मिलेको भए ऊ कति अगाडि पुग्थ्यो होला!’
त्यही क्षण प्रज्वलले मनमनै एउटा निर्णय गर्‍यो— “अब म रामेलाई जसरी भएपनि पढ्ने सहयोग गर्छु गर्छु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 hour ago

“आकाशकी परी”

रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…

1 hour ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 day ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 day ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago