Categories: कविता

“धन्यवाद”


पुण्यप्रसाद घिमिरे

धन्यवाद धन्यवाद धन्यवाद
सबैलाई धन्यवाद
हावापानी घामजून
सबैलाई धन्यवाद।

धन्यवाद बाबा आमा,
जन्म दिनुभयो,
धर्तिमा जिउने सिप,
कर्म दिनुभयो।

हाँसो आँसु धन्यवाद,
धेरै सिक्नपाएँ,
साथीभाइ धन्यवाद,
सँगै खेल्नपाएँ।

धन्यवाद धन्यवाद धन्यवाद
सबैलाई धन्यवाद
खानानाना पुस्तकपाना,
सबैलाई धन्यवाद।

हावालाई धन्यवाद,
श्वास फेराइदियौ,
पानीलाई धन्यवाद
तिर्खा मेटाइदियौ।

साँघुलाई धन्यवाद,
खोला तारिदियौ,
गुरुलाई धन्यवाद,
ज्ञान खारिदियौ।

धन्यवाद धन्यवाद धन्यवाद
सबैलाई धन्यवाद
बोट वृक्ष पशुपन्छी,
सबैलाई धन्यवाद।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago