Categories: कविता

“आकाशकी परी”


रमेशचन्द्र घिमिरे

झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी
हामीसँग खेल्न आऊ आकाशकी परी।

हावासँग उड्दै मिठो गीत गाई आऊ
फूलैफूलले सजिएको नाना लाई आऊ।

रमाउँदै हाँसौँ गाऔँ नाचौँ सधैँभरि
यतै बास बस्न आऊ आकाशकी परी।

मेरो साथी तिमी बन्नू तिम्रो साथी बन्छु
तिमी आउँछ्यौ भन्ने कुरा साथीलाई नि भन्छु।

हात हल्लाई रमाउँदै जूनबाट झरी
हाम्रो साथी बन्न आऊ आकाशकी परी।

सेता सेता पखेटा छन् चम्किला छन् आँखा
यौटा मिठो गीत गाऊ झिकी नौलो भाका।

बादलुको बाटो हुँदै लिई हातमा छडी
फुर्फुर गरी नाच्न आऊ आकाशकी परी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नाग पूजा

सावित्रा शिवाकोटी जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर…

1 hour ago

अवसर

विष्णु भण्डारी आचार्य बेलबारी, मोरङ" “प्रज्वल, हैन तँलाई पढ्न मन छैन ? खाली त्यही रामेसँग…

2 hours ago

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 day ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 day ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago