अम्बिका धिताल
कमलविनायक भक्तपुर
असोजको महिना पानी पर्यो दर्केर
खोलानाला भरियो पानी बग्यो कर्केर
बिजुली नि चम्कियो कालो भयो आकाश
जताततै पानीले पार्यो धेरै सकस।
दिन रात वर्षा भो चरीका गुँड भत्किए
जङ्गलका जनावर ओडारमा झस्किए
नदी सबै बौलायो बाटो छोडी हिँडेर
धनजनको क्षति भो बस्तीहरु डुबेर।
पहाडहरू खसेर घर खेत बगायो
दशैं तिहार आउँदा खुसी सबै भगायो
खोला मिची बनाको घर बग्यो सलल
दुःख लाग्दो दृश्य छ अगल र बगल।
सबै मिली अब त निकालौं है निकास
समयमै नसोच्दा भयो आज विनाश
सुरक्षित भएर ठाउँहेरि बसौँ है
सेवा भाव लिएर उद्धारमा पसौँ है।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…