Categories: कविता

“मेराे सिर्जना”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

हस्तमुद्रा बनाउँदै, दीप बालिदिन्छु,
चित्रकाेरी रङ पाेत्दै, सिप हालिदिन्छु।
चित्र भित्रै लटरम्मै, फल फलिदिन्छु,
लहलह हावासँगै, म त चलिदिन्छु।

मादलुकाे तालसँगै, मत नाचिदिन्छु,
दायाँबायाँ अघिपछी,हर भाँचिदिन्छु।
बाजा भेटे बजाउँछु, फूल सजाउँछु,
आफ्नै काम हेर्दा हेर्दै, म त लजाउँछु।

कागजलाई पट्याएर, राम्रा ओरिगामी,
बुट्टा काट्दै तुल ताेरण, गुच्छा किरिगामी।
खाेया जाेड्दै भ्यूटावर, माटाेबाट फल,
खालिबस्न मन मान्दैन , चल्छु पल पल।

कागज पात दाेब्र्याएर, धुम्छ फिरफिरे,
के क् बन्छ के के भन्छ, चित्र किरमिरे।
उँडिदिन्छु गुडिदिन्छु, काेलाजमा टाँस्छु,
यसै गरि दिन भरि, सिर्जनामा हाँस्छु।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

44 minutes ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

58 minutes ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago