Categories: कविता

“प्राकृतिक आपदा”


मोक्ष खतिवडा

पानी छ निर्झर अझै पल रोकिँदैन
सारा रहे कहरमा सुख त्यो रहेन
उर्लेर आज खहरे सब ध्वस्त पाऱ्यो
बस्ती डुब्यो मनुजको अब बास नास्यो।

बढ्दैछ दुर्दिन अझै घटना बढेर
झोक्रेर बस्तछ सयौं जनता रुएर
उद्धार निम्ति जनको किन हुन्न चासो
मिल्दैन राहत कुनै जनको गुनासो।

पैह्रो झरेर पुरिए घर गोठ भित्ता
बन्छन् विहीन जननी कति कोख रित्ता
बाली अनाज सब देख्छु डुबान भित्र
कस्तो रह्यो नियत प्राकृतको बिचित्र।

नासी नदी मनुजले सुख भोग्नलाई
गर्दैछ साधन चुसेर ठुलाे रजाइँ
छन् मार्ग चारतिरका अवरुद्ध ऐले
आपत्ति झेल्दछ धरा बुझ दुःख जैले।

गर्दैछ दोहन जिमी जनले धरामा
पाखण्ड भो किन मनुष्य गरा गरामा
क्रोधी बनी प्रकृतिले खुद गर्छ राज
सन्तापमा अझ दुख्यो अहिले समाज।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

22 hours ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

22 hours ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

23 hours ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

23 hours ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 days ago