मोक्ष खतिवडा
पानी छ निर्झर अझै पल रोकिँदैन
सारा रहे कहरमा सुख त्यो रहेन
उर्लेर आज खहरे सब ध्वस्त पाऱ्यो
बस्ती डुब्यो मनुजको अब बास नास्यो।
बढ्दैछ दुर्दिन अझै घटना बढेर
झोक्रेर बस्तछ सयौं जनता रुएर
उद्धार निम्ति जनको किन हुन्न चासो
मिल्दैन राहत कुनै जनको गुनासो।
पैह्रो झरेर पुरिए घर गोठ भित्ता
बन्छन् विहीन जननी कति कोख रित्ता
बाली अनाज सब देख्छु डुबान भित्र
कस्तो रह्यो नियत प्राकृतको बिचित्र।
नासी नदी मनुजले सुख भोग्नलाई
गर्दैछ साधन चुसेर ठुलाे रजाइँ
छन् मार्ग चारतिरका अवरुद्ध ऐले
आपत्ति झेल्दछ धरा बुझ दुःख जैले।
गर्दैछ दोहन जिमी जनले धरामा
पाखण्ड भो किन मनुष्य गरा गरामा
क्रोधी बनी प्रकृतिले खुद गर्छ राज
सन्तापमा अझ दुख्यो अहिले समाज।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…