बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन
हिउँदको तरकारी
खाऔँ जिब्रो फड्कारी
बन्दा , मुला अचार
आलु, काउली, टमाटर।
गगतको दाल
चिसो जति फाल
मुला, गाजर सलाद
खाऊ सबै नफाल।
गुन्द्रुक ,भट्ट झोल
तातो भातमा मोल
ग्वाम्म ग्वाम्म खाँदा
अनमोल हुन्छ मजा।
रायो, साग , पालुङ्गो
मेथी, सुप , चम्सुर
खानुपर्छ नियमित
बचौँ सब रोगसित।
रोजी रोजी खोजेर
राम्रोसँग धोएर
हृष्ट पुष्ट बन्नलाई
छोड्नु हुन्न खानलाई।
जाडो मौसम आयो
हरियाली छायो
खानुपर्छ तरकारी
बुझ सबै छोराछोरी।
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…
शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…