हिमा आर.सी
“नानी यसरी खानासँग रिसाउनु हुदैन , खुरुक्क खाना खा , त ”
उनलेे संगीतालाई भनिन् “आमा मैले कतिपटक भनिसकेँ , तपाईँहरूलाई झगडा नगर्नुस् भनेर मान्ने होइन ? नत खान मन लाग्छ , नत पढ्न नै। संगीताले आमासँग दिक्क मान्दै भनिन् ” उनलेे छोरीलाई सम्झाउदै भनिन्।
” नानी तेरो बाबाले मलाई गाली गर्दा तँलाई केही भने जस्तो लाग्दैेन , फेरि लोग्ने स्वास्नी भएपछि घरमा अलिअलि झगडा भइलाल्छ नि! ”
आमाको कुरा सुनेपछि संगीताले भनिन्, बाबा र तपाईँ बिच झगडा भएपनि घरमा भएको परिवारलाई पनि असर गर्छ नि !” त्यो चाहिँ कसरी ? ” उनलेे सोधिन्।
आमा एकछिन मसँग आउनुस भन्दै, संगीताले नजिकै रहेको पानीको ताल भए तिर लिएर गइन् र , त्यो पानीको तालमा ढुङ्गा हान्दै भनिन्। ” हेर्नुस् त आमा मैले ढुङ्गा एक ठाउँमा हानेको थिएँ तर असर परसम्म पुग्योेेे। “
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…