Categories: बाल कथा

“होस्टेल”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

अमृताले आफ्नो छोरा अमनलाई रिसाउँदै भनिन् ,” तैँले त हामीलाई हैरान पारिसकिस् । आठ कक्षामा पढ्ने भइसकेको मान्छे , चौबीसै घण्टा मोबाइल र टि. भी मा झुण्डिएको छ । यस्तै हो भने अर्को वर्ष होस्टेलमा राखिदिन्छौँ नि ।”
अमनले पनि उही पारामा प्रतिप्रश्न गर्दै भन्यो ,” अहिले नि कहाँ घरमा बसेको जस्तो छ र मलाई ? तपाईं चौबीसै घण्टा टिकटकमा , ड्याडी कि त मोबाइल कि त ल्यापटपमा । मलाई एकछिन समय दिने फुर्सद छ र तपाईंहरुलाई ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

3 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

3 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

3 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago