पवित्रा सापकोटा
“साहुनी ,साहुनी! मलाइ एपल जुस दिनुहोस् न । “- रिस्ताले नजिकैको पसलमा गएर भनिन् ।
साहुनीले दुई हातमा जुस देखाउँदै भनिन ” कुन दिउँ ? ” देब्रे हातको अघि बढाउँदै यो लाने भए रु. १५५ /- र दाहिने हात अघि बढाउँदै यो लाने भए रु ३०० पर्छ। रिस्ताले मनमनै सोचिन् ,१५५।-को लगेर ३००।- भन्छु, व्यर्थै किन मह्ङ्गो लानु ? “१५५ को दिनुहोस् ।”
जुसको प्याकेट ल्याएको देखेर सबै खुशी भए , अनि एक आपसमा बाँडेर खाए । केही समय नबित्तै भाइले उल्टी गरे , आमाबुवालाई पखाला चल्न थाल्यो , भने दिदीले पेट दुख्यो भन्न थालिन्।
लौन सबैलाई के भएको हो यस्तो? भन्दै उनले हतार हतार डाक्टर बोलाइन्। डाक्टरले औषधी लेखे । अनि डाक्टरले सोधे ” सबैले के खानु भएको थियो ।”उनले जुसको डब्बा देखाउँदै भनिन्-” यो जुस खाएको हो , अरु त केही खाएको छैन ।
डाक्टरले जुसको डब्बा हातमा लिएर ओल्टाइ पल्टाइ हेरेर भने “सामान किन्दा ख्याल गर्नु पर्छ । उपभोग गर्ने मिति गुज्रिएको रहेछ । सबैलाई फुड प्वाइजन भएछ ।”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…