Categories: बाल कथा

“असल छोरा”

तुलसी पण्डित

“छोरा तैले मेरो इराधा पूरा गर्नुपर्छ । मैले कति त्याग गरेर तलाई पढाएँ । मेरो आकाङ्छ्या पूरा गर्नु तेरो कर्तब्य हो । ”
“के हो बाबा हजुरको चाहना ?”


“तँ एउटा ठूलो नेता हुनुपर्छ ।” “अनि अरु ?” ” छोटो समयमा धेरै सम्पत्ति ।”
“बाबा हजुरका चाहनालाई म सार्थक रुप दिन सक्दिन । हेर्नु होस् नेताको क्रियाकलाप कति घिन लाग्दा छन् । चुनाबमा यस्तो गर्छु उस्तो गर्छु भन्छन् । जनता ढाँट्छन् । काम केही गर्दैनन् । सत्तामा पुग्यो लोभ लाग्दो हो । अर्को पालि के हो के हो भन्यो धन सम्पत्ति थुपार्यो । दुनियाँको आत्मा मार्यो । यो भन्दा जघन्य अपराध अरु के हुन सक्छ र बाबा ?
बाबु त्यसो भए राष्ट कै सचिव होऊ ?
तपाईँ सचिव हुने भन्नुहुन्छ । झन् यिनीहरुले देशको ब्रम्मलुट गरेका छन् । ठेक्कापट्टा र विभिन्न योजनाबाट खानुसम्मको पैसा खाएका छन् । उनीहरुले गर्दा विभिन्न निकायको कर्मचारी पनि त्यस्तै छन् । लुट गर्नु भन्दा अरु केही काम छैन यिनीहरुको ।”
“अनि गर्ने के त ?”
“मत देश र जनताको लागि निस्वार्थ सेवा गर्न चाहन्छु । जसले गर्दा देश चम्कियोस् । सबैको अनुहारमा उज्यालो छाओस् ।”
” हो मैले तिम्रो मन बिचारेको थिएँ । मलाई देशको काँचुली फेर्ने असल छोरा चाहिएको छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

12 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

12 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

12 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago