खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
उनको जन्मदिन नजिकै आइरहेको थियोे ।
पल्लो कोठामा भर्खर जागिर पाएका छोराछोरी एवम् बुहारीले वुवालाइ जन्मदिनमा के उपहार दिने भनेर आपसमा छलफल गरेको सुने। तर कुनै निष्कर्षमा पुग्न भने पुग्न सकेका थिएनन् ।
उनलेे समस्याको गाँठो फुकाइदिने अठोट गरे।
छोराछोरी र बुहारी छलफल गरिरहेको ढोका ढक्ढकाए। एउटा कागज जेठो छोराको हातमा थमाएर केही नबोली फर्के।
त्यो कागजमा लेखिएको थियो मलाई खाँचो परेको कुरा(१) बृहत् नेपाली शब्दकोष (२) टेबुल पङ्खा (३) रेन कोट
उनीहरूले त्यही उपहार लिने निर्णय गरे। तर बुवाले यो उपहारको अपेक्षा किन गर्नु भयो होला भन्ने बुझ्न चाहेर नजिकै गए।
जेठो छोराले भन्यो ” हामीले यो भन्दा दामी उपहार दिन चाहेका थियौँ ,किन ती उपहारको मनसाय प्रकट गर्नु भयो ?”
उनलेे भने” मेरो बुझाइमा जुन कुराको खाँचो छ त्यो नै दामी हो । अनि मैले अपेक्षा गरेको उपहार तिमीहरूलाई पनि काम लाग्दैन त!”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…