Categories: कविता

“बाल्यकालका खेल”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

सानाे छँदा कस्ता खेल खेल्नुहुन्थ्याे काका
मलाई नि भन्नुहाेस् न मिलाएर भाका।

सानाे छँदा हामी के के खेल्थ्याैँ भन्ने कुरा
सुन है त मैले भन्छु ध्यान दिएर पूरा।

काठ काटी ताछीतुछी भुरूङ् बनाउथ्याैं
नचाएर फुनुनुनु दङ्ग आफै पर्थ्याैं।

कैले राज्य खेल खेल्थ्याे काेठा पारी पारी
खङ्गल खुट्टी ढुङ्गाे फाल्थ्याैं पारि अनि वारि।

पाए चुन्नी ठ्याक् लागाउथ्या‌ैं नपाएमा घाँस
दाैड बाजि चल्थ्याे कैले फेर्दै लामाे सास।

काँचा म्याल दाना टिपी गुच्छा खेल्थ्याै कैले
पंखा हुन्थ्याे सुपालाकाे दाैडिरन्थ्याै जैले।

थाङ्ना टाला बटुलेर मजाभित्र काेची
बल बन्थ्याे गजबको खेल्थ्याै साथी खाेजी।

कैले खेल्थ्याै डन्डी बियो कैले पुलिस् चाेर
कैले ढ्याप खेल्थ्याैँ बाबुु गर्दे चर्काे स्वर।

कैले खेल्थ्याैं खग्रेसाेर ढुङ्गाे लुकाएर
चङ्गा चैट खेल्थ्याै कैले धागाे फुकाएर।

बटुलेर साना ढुङ्गा कैले चारी खेल्थ्याै
नाला काटी घुमाएर कैले गाडी ठेल्थ्याैं।

कैले काठ छुँदै भाग्थ्याैं आठ् काठ् कुन् काठ् भन्दै
कैले साथी बाेकी हिड्थ्याैं ठस ठस कन्दै।

इन्जु बिन्जु चल्थ्याे कैले, कैले बुढी ,बारे
मुक्कामुक्की खेल्दै मैले बङ्गरा नै झारें।

चि चि मुसी कैले हुन्थ्यो कैले भाँडाकुटी
भात पकाउने खेल हुन्थ्याे खाज्दै ढुङ्गा माटी।

मुला खाेजी झेस्का घाेंची कैले खसी काट्थ्याैं
बिहे भाेज खाने भनी आपसमा बाँड्थ्याैं।

बाबियाेकाे घाँस बाटी लिङ्गे पिङ खेल्थ्याैं
काठे पिङ खेल्दा भने पालैपालो पेल्थ्याैं।

कैले खेल्थ्याै ताताे आलु कैले रसी तान्ने
कविताकाे अन्ताक्षरी खेल्थ्याैं काेही जान्ने।

ढुङ्गामाथि बसी खेल्थ्याै कैले बाघचाल
रमाइला थिए बाबुु हाम्रा बाल्यकाल।

यस्ता खेल आजभाेलि कता गए गए
सत्य कुरा पनि हेर दन्त्य कथा भए।

आजलाई खेल्ने कुरा यत्ति है त राजा
भाेक लाग्याे हाेला अब खाने कि त खाजा।

माेबाइल मात्रै खाेज्ने साथीहरू सुन
भाेलि कडा राेग लाग्छन् मनभित्र गुन।

मैले आज काकाबाट धेरै कुरा सुनें
विद्युतीय खेलाैनाकाे घाटा पक्ष बुझें।

शारीरिक खेल खेले धैरै लाभ हुन्छ
जाे छ स्वस्थ उही मान्छे सुखी पक्कै हुन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

11 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

11 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

12 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago