रम्भा पौडेल
प्यारा भाइबैनीहरु !
यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो । असार पन्ध्रलाई हाम्रा पुर्खाहरुले ‘‘मानो खाएर मुरी भित्र्याउने महिनाको रुपमा लिन्छन् । हाम्रो देश कृषिप्रधान देश हो । यो भन्नुको अर्थ अर्थतन्त्रको धेरै भाग कृषिले धान्छ भनेको हो । हाम्रा धेरैजसो उद्योग धन्दा कृषिमा नै निर्भर छन् । चिनी, चिया,जुट, तेल पेल्ने, धान, कुट्ने,चाउचाउ ,चुरोट, उत्पादन गर्ने लगायत सबै उद्योगहरु कृषिमै निर्भर छन् । हाम्रो देशबाट बाहिर जाने बस्तु अर्थात् निर्यात हुने बस्तु पनि धेरैजसो कृषिमै आधारित छन् । अदुवा,अलैची, खुर्सानी, राडीपाखी, पश्मिना लागायतका बस्तुहरु बाहिर जान्छन् ती पनि कृषिमै आधारित छन् । धेरै नेपाली जनतालाई कृषिले नै पालन पोषण गरेकोले हाम्रो देशलाई कृषिमा आधारित देश भनेको हो । कृषिका लागि हाम्रो देशको हावापानी र माटो अनुकुल छ । हाम्रो देशको तराईलाई त अन्नको भण्डार नै भनिन्छ । यहाँ धान, गहुँ, मकै, दाल, फलफुल लगायतका बालीहरु उत्पादन हुन्छन्।
तर अहिले यो पेशा ओझेलमा परेको छ । देशभित्र काम गर्ने जनशक्ति बाहिर जानु यसको मुख्य कारण हो।
असार महिना धान बाली लगाउने महिना हो । हाम्रो प्रमुख बाली मकै भएपनि धान बाली लगाउने महिनाको महत्व छुट्टै छ । यतिबेला सबै मानिसहरु आ आफनो खेतमा जान्छन् । बर्षभरि खाने खेती लगाउनमा मस्त हुन्छन् । गाउँ समाजका सबै दाजुभाइ दिदीबैनी जम्मा भएर रोपाइ गर्छन्, असारे गीत गाउछन, हिलो छयापेर रमाइलो गर्दछन् ।सबै काम बेलैमा गर्नुपर्छ ।बेलैमा लगाएको बालीले नै राम्रो फल दिन्छ । यो हाम्रो पुर्खाको भनाइ हो । त्यसैले असारको पन्ध्रमा किसानहरु कोही पनि घरमा बस्दैनन्, कृषि कर्ममा रमाउँछन्।
प्यारा भाइबैंनीहरु,
धेरै युवा विदेश जानुले कृषि पेसामा जनशक्तिको अभाव हुँदै गएको छ । जेजति किसान गाउँमा छन् ती पनि बाँदरलगायतका जंगली जनाबरको आतंकले हैरान् छन् । अव सबै युवाहरुलाई गाउँ फर्काउनु पर्दछ । गाउँमा युवा भए भने मात्रै असार पन्ध्रले महत्व पाउने छ, नत्र भने खेत बाँझै रहने र असार पन्ध्रको महत्व पनि सकिँदै जाने अवस्था आउने छ ।
हाम्रा गीत संगित पनि चाडपर्व र खेती सँग सम्बन्धित छन । तिनका भाका र लय पनि फरक छन।
कवि लेखनाथ ज्ञवालीले रचना गरेको यो असारे गीत तिमीहरुका लागि ल।
“असारै मास मेला र पात खै नुन साँधेको ? आहाई खै नुन साँधेको ?
रहरै भयो, एक पल्ट हेर्न, देशले हाँसेको आहाई देशले हाँसेको ।।
घाँसै र खायो ,पातै र खायो ,गाई मेरो मालीले, आहाई, गाई मेरो मालीले
देशै र खायो शेषै र खायो भ्रष्टको जालीले आहाई भ्रष्टको जालीले ।
लगाइदेउ हाम्लाई शिरमा सानो त्यै लाली गुराँस आहाई त्यै लाली गुराँस
जेमा छ आफनै स्वदेशी जस्तो शक्ति र सुवास,आहाई शक्ति र सुवास ।।”
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…