Categories: बाल कथा

हिसाब


महेन्द्र चालिसे
“विकल निवास”
आरुबारी, काठमाडौं

बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर सन्तानका हेरचाह गरिन्। घरमा २ छोरा थिए। कसैलाई भोक लाग्दा आफ्नै पेट बाँधेर खुवाए, कसैको पढाइ छुट्न नदिन गहना बेचिदिए।
समय बित्यो। दुबै छोरा आफ्नो आफ्नो ठाउँमा स्थापित भए । बाबाआमा भने बुढेसकालको सहाराको आशामा बसे।
एक दिन दुबै छोराहरू भेला भए । कुरा चल्यो “बाबाआमालाई कसले राख्ने ?”
जेठोले भन्यो, “मेरो घर सानो छ।”
कान्छोले हिसाब निकाल्यो, “छ महिना छ महिनामा पालैपालो राखौँ ।”
कुरा मिल्यो । बाबाआमाले भने चुपचाप सुनिरहे।
त्यही बेला बाबाले मुस्कुराउँदै भने, “तिमीहरूलाई पाल्ने बेला हामीले कहिल्यै हिसाब गरेनौँ । कसलाई कति दूध खुवायौँ, कति रात जाग्यौँ, कति खर्च गर्यौँ भनेर । तर आज हामीलाई राख्नचाहिँ हिसाब चाहिने रहेछ।”
कोठाभरि सन्नाटा छायो।
बाबाको आँखामा आँसु थियो, तर त्यो आँसु बुढेसकालको पीडाभन्दा बढी आफ्नै सन्तानले माया र कर्तव्यलाई ‘हिसाब’ मा बदलेको देखेर बगेको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

20 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

20 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago