Categories: कविता

“असार पन्ध्रको नाटक”


साबित्रा शिवाकोटी

असार पन्ध्र आयो फेरी, हिलोमा फोटो खिच्ने दिन
एकदिन किसान बनेर सजिन्छ,सञ्जालिय फोटो फिरेम।

हातमा बीउ,मुखमा हाँसो, क्यामेरातिर नजर
खेतमा पसिना बगाउने भन्दा,नौटङ्कीको चल्दछ प्रचार।

किसान वर्षभरि झुल्दछन् घाम-पानी नभनी अभावमा
सम्झना आउँछ उनीहरूको एउटै दिनको प्रभावमा।

दही,चिउरा,गीत र नाचले सामाजिक सञ्जाल भरिन्छ
हिलोमा असार पन्ध्रको नाटक एकदिनमा सकिन्छ।

असार पन्ध्रको नाटकमा पात्र धेरै कथा उस्तै
किसानको दु:ख ओझेल पार्दै बज्दछन् ताली सँगसँगै।

जबसम्म किसानको सम्मान एकदिनमा मात्र सिमित रहन्छ
त्यतिबेला सम्म असार पन्ध्र उत्सव भन्दा प्रश्न नै बनिरहन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 hour ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago