महेन्द्र चालिसे
“विकल निवास”
आरुबारी, काठमाडौं
माया र सीता बाल्यकालका अभिन्न साथी थिए। विवाहपछि दुवै आफ्नो आफ्नो संसारमा व्यस्त भए।
एक दिन बजारमा अचानक भेट भयो।
“तँ त हराइस् नि!” मायाले गुनासो गरिन्।
सीताले मुस्कुराउँदै भनिन्, “जीवन नै यति व्यस्त भयो कि समय निकाल्नै सकिनँ।”
मायाको अनुहार गम्भीर बन्यो, “समय निकाल्न नसक्ने हो भने मित्रता कसरी बच्छ र ? बगैँचामा पानी नहाल्ने हो भने फूल कहिले फुल्छ?”
सीताले केही बोलिनन्। तर त्यो दिनदेखि उनले हप्तामा एकपटक भए पनि साथीलाई फोन गर्न थालिन्। केही महिनापछि माया हाँस्दै भन्थिन्, “मित्रता आफैँ उम्रिने जङ्गली घाँस होइन, यो त स्याहार सुसार माग्ने बगैँचा हो बुझिस।”
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…