Categories: बाल कथा

बगैँचा


महेन्द्र चालिसे
“विकल निवास”
आरुबारी, काठमाडौं

माया र सीता बाल्यकालका अभिन्न साथी थिए। विवाहपछि दुवै आफ्नो आफ्नो संसारमा व्यस्त भए।
एक दिन बजारमा अचानक भेट भयो।
“तँ त हराइस् नि!” मायाले गुनासो गरिन्।
सीताले मुस्कुराउँदै भनिन्, “जीवन नै यति व्यस्त भयो कि समय निकाल्नै सकिनँ।”
मायाको अनुहार गम्भीर बन्यो, “समय निकाल्न नसक्ने हो भने मित्रता कसरी बच्छ र ? बगैँचामा पानी नहाल्ने हो भने फूल कहिले फुल्छ?”
सीताले केही बोलिनन्। तर त्यो दिनदेखि उनले हप्तामा एकपटक भए पनि साथीलाई फोन गर्न थालिन्। केही महिनापछि माया हाँस्दै भन्थिन्, “मित्रता आफैँ उम्रिने जङ्गली घाँस होइन, यो त स्याहार सुसार माग्ने बगैँचा हो बुझिस।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार पन्ध्रको नाटक”

साबित्रा शिवाकोटी असार पन्ध्र आयो फेरी, हिलोमा फोटो खिच्ने दिन एकदिन किसान बनेर सजिन्छ,सञ्जालिय फोटो…

4 hours ago

“धान रोपाइँ”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा लौ पञ्चे बाजा बेसरी बज्यो त्यो गैरी खेतमा…

1 day ago

“असारे गीत”

बिन्दा पराजुली बराल क्यानडा असार लाग्यो दर्किदा पानी मन पोल्छ आगर यो बर्खे बेला नलाईकन…

1 day ago

“रोपेर मानु”

  रामशरण न्यौपाने “पाँचघरे” आषाढ लाग्यो रोपाइँगर्न बेँसीमा झर्नु छ बनेन पुल तुहिन बाटै मर्स्याङ्दी…

2 days ago

माटो

नन्दलाल आचार्य आकाश गर्जियो, तर बादलबाट पानी होइन, प्रविधिको बादल मडारिएको थियो । खेतको आलीमा…

2 days ago

“गीतकाे असार”

नीरज काेइराला खाेजेर सुख मिल्छ कि भनी पसेकाे सहर खाडल ठुलाे दुःखकाे मिल्याे हरायाे रहर…

2 days ago