Categories: कविता

“धान रोपाइँ”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

लौ पञ्चे बाजा बेसरी बज्यो त्यो गैरी खेतमा
जुटेर सबै गाउन थाले अपूर्व भेटमा,

हातमा बीउ लिएर सबै नाच्न पो थाल्दैछन्
मिलाई ताल हिलोमा नाच्न खुट्टा नै चाल्दैछन्

दही र चिउरा लिएर आमा आलीमा बसेकी
भर्खरै मात्र आएर यहाँ हिलोमा पसेकी,

लगाई दिए हिलोको टीका समाई आमालाई
हिलो नै छ्यापी डुबाई दिए ती हाम्रा बाबालाई,

बाजाको ताल खुट्टाको चाल रमाई नाच्दैछन्
रमाई निकै उपस्थितहरु खुसीले हाँस्दैछन्,

असारे गीत गाएर वाली दही चिउरा खाएर
नाच्न पो थाले आगन्तुक पनि हिलोमा आएर,

वर्षको चाड नेपाली माझ छ शुभकामना
नेपली हामी सदैव रहोस पवित्र भावना।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

8 minutes ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

28 minutes ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago