Categories: बाल कथा

असार पन्ध्र

श्रीप्रसाद पाेखरेल
इटहरी, सुनसरी

“हैन हौ श्रीधर ! अहिलेसम्म घरमै छौ ?” चिटिक्क परेर पार्टीप्यालेस हिँडेका चित्तधरले बाटोबाटै सोधे ।”यहीँ राखेको भेट्दै भेटिन ” श्रीधरले अर्कै उत्तर दिए ।
“हन ! दहीचिउरे दिवसमा नजाने ? के खोज्दैछौ घरमा ?” चित्तधरले फेरी सोधे ।
“बिहानै खेतमा बाँकी रहेको आली लगाउन गएको कोदालोको बिँड खुस्कियो।” भन्दै खुकुरी बोकेर श्रीधर टाँडमुनि झरे। “अरू दिवस पार्टी प्यालेसमा मनाए पनि ‘दहि चिउरे दिवस’ चैँ खेतमै मनाउनुपर्ने हगी ? चित्तधरले मन अमिलो पारेर भने ।
असार नेपालीहरूको मानो खाएर मुरी फलाउनुपर्ने बेला हो । केटाकेटी, बुढाबुढी समेत खेतैमा हुन्थे । कोही बिउ काढ्थे, केटाकेटी आलिमा चिप्लिदै लड्दै भए पनि बिउका मुठा बोक्थे । लाठेहरू जोत्ने, बाउसे गर्ने, हिलोआली गर्थे । रोपारहरू असारे भाका हालेर गीत गाउँदै रोपाई गर्थे । पानी परे ठूला मानिस घुम ओड्थे । साना भने बोरालाई घुम जस्तो बनाएर ओड्थे । घरधन्दा गर्ने कोही हुँदैन थिए । चुलोमा आगो बाल्ने फुर्सद पनि हुँदैन थियो । सबैलाई कामकै चटारो हुन्थ्यो ।
“यो त दहीचिउरे दिवस नै भयो । पार्टी प्यालेस गयो , दहीचिउरा खायो । माटो छुनु परेको होइन।” श्रीधरले असन्तुष्टि जनाए ।
” किन असारपन्ध्रमा दहीचिउरा नै खाने चलन चल्योहोला ।” लर्कोसर्कोमा सोधिहाले ।
“पहिले चैँ कामले फुर्सद हुँदैन थियो । चुलोमा आगो बल्दैन थियो । त्यसैले दहीचिउरा खान्थे । अहिलेका नक्कली किसानले चैं नक्कल पारेका हुन् ।” श्रीधरले मनोभाव पोखे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

4 minutes ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

26 minutes ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

45 minutes ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

24 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 day ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 day ago