Categories: कविता

असार १५

नरिश्वर गौतम

असार पन्ध्र दही र चिउरा, साउन पन्ध्र खीर
पुसको पन्ध्र तिहारे खाजा, माघीमा खेल्ने गीर ।।
छुपुमा छुपु धान है रोपौँ, दबदबे हिलोमा
सबै र जना खेतमा जाऊँ है, नगरी ढिलोमा ।।


फुर्सद छैन पकाउन खाना, सबलाई छ हतार
जाँगर गर्ने पटुकी बाँधी, महिना हो असार ।।
आजको दिन खाजा र अर्नि, खाउँला नि चिउरा दही
गर्मीको बेला शीतल पार्ने, आहा! क्या मीठो मही ।।
भएर खुशी बाउसे हली, ब्याडे र रोपार
सबैले गाउँदा असारे भाका, आनन्द अपार ।।
नभनौँ कोही नेपालमा बसी, गुजारा चल्दैन
नगएसम्म मुग्लान र खाडी, चुलो नै बल्दैन ।।
अनेक थरी फलफूल अनि, तरकारी फल्दछ
सुनौँला बाला चैते र मार्सी धान पनि झुल्दछ ।।
जाँगर भए छैन है गाह्रो, पाल्नलाई जहान
मानोमा छरी मुरी है फल्ने, धर्ती छन् महान ।।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

6 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

6 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

6 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago