Categories: कविता

“असार”


अनन्तकुमार बस्नेत

आषाढ उत्साह लिएर आयो ।
आनन्दको भाव नयाँ दिलायो ।।
आकाशमा बादल गर्जिँदैछ ।
अत्यासले यो मन तर्सिँदैछ ।१।

छर्छन् यहाँ स्वेद गरा गरामा ।
पानी पटाएर जरा जरामा ।।
सौन्दर्यको रास छ कन्दरामा ।
बेफुर्सदी कृषक छन् धरामा ।२।

सौदामिनी चम्चम चम्किँदैछ ।
सत्कर्ममा जीवन लम्किँदैछ ।।
टारी गरा खेत सबै हिलो छ ।
मानौँ यहाँ भू-धर नै गिलो छ ।३।

झर्दा झरिमा जल उर्लिँदैछ ।
सन्त्रासमा ढुक्कुर कुर्लिँदैछ ।।
भर्छन् मिठो नाद सुरम्य झर्ना ।
ओढ्छिन् धरा बादलको उपर्ना ।४।

आलस्यका चीर सबै ढलाई ।
मानो छरी आज मुरी फलाई ।।
आषाढमा यो वय खर्चिँदैछन् ।
उत्साहमा मङ्सिर पर्खिँदैछन् ।५।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago