आज असार १५, राष्ट्रिय धान दिवस

काठमाण्डौं, असार १५ । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।  कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपार्इं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ ।

युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् । उन्नत जातका धानका बीउमा किसानको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादनमा वृद्धि गर्न सकिने धानविज्ञ भोलामान सिंह बस्नेतले बताउनुभयो । अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन÷प्रति हेक्टर बनाउन सकेमात्र पनि मुलुकभित्रको मागलाई पुरा गर्न सकिने उहाँले बताउनुभयो ।

श्रोतःhttps://www.thahasanchar.com

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

6 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

6 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

7 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago