सत्या अधिकारी
सानेपा
“बाबा! गरिब भनेको के हो?” गृहकार्य गर्दै गरेको छोराले मलाई सोध्यो।
“सम्पत्तिको नाममा केही नभएकालाई गरिब भन्छन् , बाबू।”
मैले सहजै उत्तर दिएँ ।
ऊ एकछिन टोलायो । मैले सोधेँ , ” के भयो बाबू ? ”
सासै नरोकी ऊ प्रश्नमाथि प्रश्न गर्न थाल्यो,
हाम्रो सगरमाथाको मूल्य कति होला , बाबा ?
पोखराको फेवाताल कतिमा बिक्ला ?
हिमाल ,पहाड र तराईका रहेका हरेक प्राकृतिक सम्पदाको
मूल्य ?
धार्मिक र ऐतिहासिक बहुमूल्य स्थान र वस्तुको मूल्य ?
उसका प्रश्नहरूको वर्षाले मेरो शरीरमा बारुलाले चिलेझैँ अनुभूति भयो । म निरुत्तर भएँ ।
सास तानेर जेनतेन भनेँ ,”यी त हाम्रा सम्पत्ति हुन् जुन हाम्रा लागि
बहुमूल्य छन् । ”
उसको अनुहारमा एक्कासी क्रोधको राँको बल्यो ।
ऊ चिच्यायो , “यति धेरै सम्पत्ति भएर पनि हामी कसरी गरिब भयौँ ? विश्वले किन गरिब देश भनेको त ? “
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…