Categories: कविता

“असिना”

 


गंगा खड्का

हेर्दाहेर्दै आकाशबाट
झर्यो असिना
कुनै थिए मोटामोटा
कुनै मसिना।

आँगनीमा निस्केर
टिपेँ राख्नलाई
कस्तो होला स्वाद त्यसको
भनी चाख्नलाई।

थालभरि टिपेर
दौडी आएँ पिँढीमा
चिप्लो थियो असाध्यै
चिप्लेँ सिँढीमा।

दुख्नुभन्दा मलाई
असिनाकै ध्यान
फेरि ओर्लेँ टिप्नलाई
दुख्दा पनि ज्यान।

थुप्रिएको थियो थुप्रो
असिनाको खात
रमाउँदै भिज्दै थिएँ
नसुनी कसैको बात।

धेरै बेर परेपछि
रोकियो झर्नलाई
पट्याङ्पुटुङ आवाज गर्दै
छोड्यो पर्नलाई।

पग्लिन थालेपछि
असिनाका दाना
गुच्चाजत्रा गेडा पनि
हुँदै गए साना।

थालभरिको असिना त
भइसकेछ पानी
कति छोटो आयु लिई
आइछिन् हिउँरानी!

बूढानीलकण्ठ , काठमाडौँ

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

20 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

21 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

21 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago