Categories: कविता

मास्टर ….

अवतार ढकाल

म विद्यार्थी हुँदा
अगाडि उभिन्छ
यताउता गर्छ
खै केके…. केके …
भनिरहन्छ
लेखिरहन्छ
मलाई सुन्नै मन लाग्दैन
ऊ भन्न छाडदैन।

ऊ आफैं प्रश्न सोध्छ
आफैं जबाफ दिन्छ
यो बुझ भन्छ
यो गर भन्छ
त्यो घोक भन्छ
चुपलाग भन्छ।

कस्तो बोरलाग्दो ?
बन्द नहुने रेडियोजस्तो
रिस उठदो मास्टर ।

म परीक्षार्थी हुँदा
ऊ अगाडि उभिन्छ
यताउता गर्छ
केही बोल्दैन्
प्रश्न सोधौं जस्तो लाग्छ
उत्तर भन्दियोस् जस्तो लाग्छ
चुप लाग भन्छ
हल्ला नगर भन्छ
उत्तर भन्दैन ।
हल्ला नगर भन्छ
कस्तो बोरलाग्दो ?
हिँडने शालिक जस्तो
झ्याउ लाग्दो मास्टर।

मैले नसुन्न खोज्दा
जबरजस्ती सुनाउन खोज्ने
बुझ्न नचाहँदा
जबरजस्ती बुझाउन खोज्ने
मैले सुन्न खोज्दा
बोल्दै नबोल्ने
दिक्क लाग्दो
कहिल्यै भनेजस्तो नहुने
ज्याद्रो मास्टर ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

12 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

12 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago