Categories: बाल कथा

“अस्तित्व”


कमला भण्डारी ढकाल

पानी परेको छ झमझम दुईतीन दिन भो झरिलो छ समय कसैलाई मन पर्ला यो झरी कसैलाई नपर्ला छुट्टै कुरा ।
खोला बढेको छ कसैलाई खोला हेर्ने रहर होला, कसैलाई खोला छोड्ने बाध्यता ।
हैन र ललिता ? मैले छाता थोरै कोल्ट्यार ललितालाई हेर्दै भने ! हामी साझपख सधैँ जस्तो आज पनि हिड्न निस्केका छौँ
खोलाको बढ्दो बहावको छालले मेरो खुट्टालाई स्पर्श गर्यो र फरक आनन्दानुभूति छोडेर फर्कियो । “छुवाइ पनि अनेक प्रकारका हुन्छन् ” ललिताले भनी – साच्चिकै हो निल हेर्न हिउँदमा नहर जस्तै हुने यो बडीघाट खोला बर्खामा खोला छेउ बस्नेहरुलाई रुवाइ छाड्छ । मिचाहा खोला उफ्फ कति बड्न सकेको, अँ …. हो हुन त !
किन गम खाएकी निल …?
अनि सुन्न ललिता एउटा कुरा भन्छु तलाई कस्तो लाग्छ ?
भन्न त के कुरा ? उसले प्रश्न तेर्साई , हिउँदमा हामीले खोला मिच्दै गयौँ बर्खामा खोला आफ्नो बाटो खोज्दै आयो अनि कसरी हामी मिचाहा खोला भन्न सक्छौँ हँ ?
आफ्नो अस्तित्व खोज्ने अधिकार त जो कोहीलाई पनि छ हैन र ?

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

6 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

6 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

6 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago