Categories: कविता

“मेरी आमा”

तुलसी पण्डित

आमा मेरी कति जाती मर्म सबै बुझ्ने
मैँला कपडा देख्न हुन्न सबै ल्याइ धुने
भोक लागे भात दिने तिर्खा लागे पानी
पढ्नु मात्र पर्छ मैले भन्नु हुन्छ ज्ञानी।

कख पढ्ने स्कुलमा झोला तयार गर्ने
कापीकलम ठिकठाक तल बेशी झर्ने
भन्नु हुन्छ सधैँ भरी राम्रो सँग पढ
यश जश फैलाउनु छ सङ्घर्षमा बढ।

रोए पनि घिउ दिने मेरो आमा जाती
जति रोयो उति घिउ हुन्छ भात माथि
भोक लागे रुँदा पनि खाजा ल्याइदिने
घुर्की मात्र जनाएमा आफैँ खुवाइ दिने।

घुम्न मन लाग्यो मलाई भन्न हुन्न कैले
कैले गाउँ कैले शहर घुम्न पाउँछु मैले
शहरको मिठाइहरु जङ्गलको काफल
नपाएमा मैले पनि गर्न थाल्छु बबाल।

ममताकी मेरी आमा सबै कुरा बुझ्ने
कसैले केही भन्न हुन्न अश्रु पनि झर्ने
सधैँ भरी सन्तानमा उस्तै उस्तै माया
उनको देन अपार छ नबनोस छायाँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

7 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

7 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

7 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago