गंगा खड्का
बूढानीलकण्ठ
आँखा भयो रातो
च्वास्सच्वास्स घोचेर
अझै दुख्यो मन मेरो
पढाइ बारे सोचेर।
स्कुल जान पाइन
घरमै बस्नुपर्यो
लौ न आँखा पाकेर
मलाई गर्नुगर्यो।
मोबाइल,टि.भी सबै कुरा
निषेध भए छुनलाई
मनोरञ्जन नपाएर
पर्यो दु:खी हुनलाई।
सर्छ भनी डराएर
साथी हुन्छन् पर
कतिन्जेल हुने होला
आँखा दुख्ने डर ?
पटकपटक औषधि
हाल्दाखेरि पोल्छ झन्
माया गर्ने भन्दा
डराउने धेरै छन्।
कालो चस्मा लाएर
बस्दा लाग्छ झर्को
घरीघरी किन आउँछन्
संक्रमणका लर्को ?
नअपनाए सावधानी
फर्कीफर्की आउँछ रे
सरसफाइमा अल्छी गर्नेले
पाउनु दु: ख पाउँछ रे।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…