Categories: कविता

सरु दिदी !

रमेशचन्द्र घिमिरे

आत्मबल दरो पारी बस बरु दिदी
तिम्रो रोग पक्कै निको हुन्छ सरु दिदी

मिठा मिठा छन्द खोजी गाउन सक्ने कला
सुनिरहूँ झै लाग्ने तिम्रो सुमधुर गला
वाचन गर काव्य तिम्ले अझै अरु दिदी
नरोकियोस् तिम्रो यात्रा प्यारी सरु दिदी

भाका हाली गाउने चलन हराएथ्यो धन्न
तिमी आयौ यही बेलामा छन्द मिलाई भन्न
पल्टाएर कविताका ठेलीहरू दिदी
गाउनु पर्छ मीठो स्वरमा तिम्ले सरु दिदी

तिमी आफै बिसन्चो छ्यौ भन्दा मन रुन्छ
तिम्लाई सन्चो भए बल्ल हाम्लाई सन्चो हुन्छ
के भनेर तिम्रो लागि पुकार गरूँ दिदी
घाँटी सन्चो भई गाउन आऊ सरु दिदी ।

[कोकिलकण्ठी सुमधुर कविता वाचिका सरु गुरागाईंको स्वास्थ्य लाभको कामनासहित उहाँप्रति समर्पित बालकविता]

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

22 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

23 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago