Categories: बाल कथा

“गोठालो”

श्यामप्रसाद श्रेष्ठ
हेटौडा,चौघडा

एक ब्यक्तिको पछाडी पछाडी केही मानिसहरु हिँडिरहेको थियो। उसलाई बाटोमा हिँडने अधिकाँसले नमस्कार गर्दथ्यो। यो सबै हेरिरहेको एक बालकले आफ्नो बाबालाई सोध्यो,”बाबा बाबा ! त्यो मान्छे को ?”
” बाबू !त्यो गोठालो हो” त्यो मान्छे बाटोको छेउमा रहेको घर भित्र पसेको देखेर बालक बोल्यो,” बाबा! अनि त्यो दरबार जत्रो घर चाहिँ कस्को हो?”


” बाबू ! त्यो घर त्यही गोठालोको नै हो।”
एकै छिनमा त्यो मान्छे घर बाहिर निस्क्यो र बाटोको छेउमा रोकाईरहेको गाडिमा चढेको देखेर त्यो बालकले सोध्यो ,”बाबा अनि त्यो गाडी कस्को हो?
“त्यो गाडी पनि त्यही गोठालोको नै हो।”
“बाबा बाबा !हाम्रो गाउँको गोठालो कति दुब्लो पातलो अनि यो चाहिँ कति मोटो ? पेट पनि घ्याम्पो जत्रो छ,अनि धनी पनि कति धेरै , कसरी?”
“बाबू त्यो गाउँको दुब्लो पातलो पशुको गोठालो हो,त्यसले भर पेट पनि कहिले खान पाउँदैन ,त्यसले पशुले खाने कुरा केही पनि खाँदैन,तर यो जनताको गोठालो हो।यसको काम नै हसुर्ने मात्र हो ,यसले जनतालाई केही खान दिँदैन ,खान हुने नहुने सबै यसले लुटेर,चोरेर,देख्ने गरि,नदेख्ने गरि सबै आफ्नो कब्जामा पार्दछ ,यसैले यो मोटो छ,अनि यसको सम्पति पनि अकुत छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 minutes ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

37 minutes ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

50 minutes ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago