तुलसी पण्डित

“बाबा म स्कुल जान्न हैं ? “किन स्कुल न जाने ?” “भोको पेटमा कसरी पढौँ म ।” यो शब्द मरीचेका लागि बज्र समान भयो । उसले आफ्नो विगत सम्झियो । बाबा आमाको एउटै छोरो । असिम माया पाएको थियो उसले । बाबुआमाले छोरोको लागि कुनै कुराको अभाव हुन दिएनन् । राम्रै स्कूलमा भर्ना गरिदिएका थिए बाबुआमाले । छोरोलाई ठूलै मान्छे बनाउने योजना थियो उनीहरुको । मरिचेलेे सम्झदैँ गयो । तर आँफूले बाबुआमाको चाहना विपरित आबारा केटाहरुको साथमा लागेर पढ्न छोडेको । बाबुआमाले सम्झाउँदा खेरी उनीहरु माथि नै बज्रमुक्का प्रहार गरेको सम्झ्यो । आफ्नो खराव बानीब्यवहारले बाबुआमा थर्कमान थिए । उनीहरुले जग्गा बेची बेची आफ्नो चाहना पूरा गरे । आउने बाटो छैन ।भएको बेच्न थाले पछि सम्पत्ति सकिन कति बेर लाग्थ्यो र ? बाबुआमा रोगाउँदै गए । काम गर्न न सक्ने भए । पैसा साथमा छैन । भएको सम्पत्ति सबै सकियो । पैसा न भए पछि साथीहरुले पनि छोड्दै गए । बाबुआमाको गह भरी आँशु देखेर अहिले पछुतो लागेको छ । मैले उनीहरुलाई उपचार त के पेट भरी खुवाउन पनि सकिन । आखिर खान न पाएर उनीहरुको निधन भयो ।

अहिले ब्यावहार सबै आफ्नै थाप्लामा पर्यो । घरमा केही छैन । काम पाए केटाकेटीहरुले खान पाए। नपाए खान पाएनन् । आज चारपाँच दिन भयो काम न पाएको । उसले तुरुक्क आँशु खसाल्यो । छोराले बाबाको आँखा भरी आँशु देखेर भन्यो । “बाबा न रुनु ,म भोकै भए पनि स्कुल जान्छु । पढेर ठूलो मान्छे बन्छु । अनि तपाईको आँशु कहिले पनि झर्न दिन्न ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

6 hours ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

6 hours ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

6 hours ago

“नववर्ष स्वागत”

नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…

1 day ago

“नयाँ वर्ष”

माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…

1 day ago

“नयाँ वर्ष”

पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…

1 day ago