Categories: कविता

मेरी मुन्नी… !

हरि श्रेष्ठ

एता हेरेँ उता हेरेँ, मुन्नी कतै देखिन !
कहाँ होली मेरी मुन्नी कतै पनि भेटिन !

अघिसम्म खेल्दै थिईन आगनीमा उनी।
एकैछिनमा कता हराईन् खै कहाँ कुन्नि !

मुन्नी मुन्नी भन्दै ,आमा कराउन थालिन्।
म्या.. म्या.. गर्दै उनी, खुर्र दौडेर आईन्।

कति पिर दिन्छौ मुन्नी , तिमीले मलाई !
धेरै चकचक गर्नु हुन्न,आमाको मन डराई!

यताउति कतै नजाउ, चङ्खे स्यालको डर छ
पप्पीसँग मिलेर खेल, उसको मात्र भर छ !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

9 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

10 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago