हरि श्रेष्ठ
एता हेरेँ उता हेरेँ, मुन्नी कतै देखिन !
कहाँ होली मेरी मुन्नी कतै पनि भेटिन !
अघिसम्म खेल्दै थिईन आगनीमा उनी।
एकैछिनमा कता हराईन् खै कहाँ कुन्नि !
मुन्नी मुन्नी भन्दै ,आमा कराउन थालिन्।
म्या.. म्या.. गर्दै उनी, खुर्र दौडेर आईन्।
कति पिर दिन्छौ मुन्नी , तिमीले मलाई !
धेरै चकचक गर्नु हुन्न,आमाको मन डराई!
यताउति कतै नजाउ, चङ्खे स्यालको डर छ
पप्पीसँग मिलेर खेल, उसको मात्र भर छ !
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…