Categories: बाल कथा

“कल्याण”

रमेश सुबेदी
ललितपुर – १३,कुसुन्ती

एकै ठाउँ उम्रेको फर्सी र लौकाको बीच द्वन्द चल्न थाल्यो । झाँक्रो फिझाए झैं फर्सी चारै तिर फिजिएर, छाड सबै मेरो ठाँऊ हो भन्दै मुन्टाहरु यत्र तत्र छरिन थाल्यो । यो देखेर लौका रिसाउँदै भन्न लाग्यो, म त माथि माथि जान्छु नि, तर तैंले किन मलाई डसेर अबरुद्द गर्न थालेको ?
फर्सी र लौकाको कुरा सुनेर बीचमा उम्रेको घ्यू-सिमी आफ्नु सानो छेस्को देखाउँदै लौका लाई भन्यो, आफूले नी खुसुक्क एउटा नङ्ग्रा किन मेरो बाटो तिर तेर्स्याएको नि ?


फर्सीले भन्यो आफू पहिले उम्रेर आफ्नु ठाउँ सुरक्षित गरी सकेको थिएँ । तिमीहरू म भन्दा पछि उम्रेर मलाई कराउँदै छौ । आखिर मैले दुई तीन पटक त आफ्नु मुन्टाको तरकारी बन्ने सौभाग्ये पाई सकें ।
समय सापेक्ष मानवले मल, जल र कीटनाशक औषधि दिएर स्वास्थको ख्याल गर्दै लौकाको लहरा र सिमीको लहरालाई थांक्रो सहित वरीपरी किलो गाडेर छत जस्तो हुने गरी फरक फरक बाटो बाट माथि उल्लन डोरीले भ्यार्याङ बनाइदियो । फर्सी जमीनमा फिजिन मिल्ने गरी छोडी दियो ।
एक अर्कालाई हानि नोक्सानी नगरी आ-आफ्नु बाटो पहिल्याए र राम्रो सङ्ग उत्पादन दिन लागे । यसरी सबैको राम्रो भए पछि लौका, फर्सी र सिमी भन्न थाले, आखिर ठाउँ एउटै भए पनि व्यवस्थित तरिका बाट मिलेर बसे सबैको “कल्याण” हुने रहेछ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

9 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

9 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago